पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक
पाेखरा | माघ २२, २०८१
पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।
उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकार दिए ।
उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे ।
यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित ग¥यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे ।
भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।
युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड
प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले राजनीतिकमीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक रहेको बताए ।
‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ, गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’
गृहमन्त्री लेखकले अहिले युवाहरु कुलतमा फसिरहेकाले युवा क्लबहरुले जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे ।
‘अहिले युवाहरु लागूऔषधमा फसिरहेका छन् । युवा क्लबहरुले लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ, उनले भने, ‘युवाहरुलाई लागूऔषधबाट जोगाउन खेलकुद, अध्ययन, समाजसेवासँगै राजनीतिमा जोड्न आवश्यक छ ।’
बुद्धटोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए ।
उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ७/७ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जि...

